
आज नौ आयुर्वेद दिवसको अवसरमा बिरगंज स्थित भारतीय राजदूतावास द्वारा आयुर्वेदको कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै बिरगंज भारतीय महावाणिज्यका दूतावास प्रमुख डि.एस.मिनाले आयुर्वेद लगायत परम्परागत चिकित्साको क्षेत्रमा भारत सरकार द्वारा नेपालमा सहयोगको रूपरेखा र ज्ञान, विशेषज्ञता र क्षमता अभिवृद्धिको माध्यमबाट आयुर्वेदमा सहयोग प्रवर्द्धन गर्न गरिएका विभिन्न पहलहरूको बारेमा बताएका थिए । भारत सरकारले २०१६ देखि प्रत्येक वर्ष धनवंतरी जयन्ती (धनतेरस) मा आयुर्वेद दिवस मनाउँदै आएको छ। २९ अक्टोबर २०२४ मा ९ औं आयुर्वेद दिवस ‘एक स्वास्थ्यको लागि आयुर्वेद – हरेक दिन प्रत्येकको लागि आयुर्वेद’ भन्ने विषयलाई केन्द्रित गरिएको छ।
भारतीय दूतावासमा बिरगंज स्व एक पृथ्वी एक स्वास्थ्य दृष्टिकोणको भावनामा आयुर्वेदको प्रवर्द्धन मार्फत भारत र नेपालबीचको थप सम्बन्धलाई बलियो बनाउन प्रतिबद्ध जाहिर गरिएको थियो ।
त्यसतै उक्त कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र किशोर झा,डा.देवेश चन्द्र पाठक,डा.सुचित कुमार शर्मा,डा.शिव नारायण गुप्तालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल,उपाध्याक्ष माधव राजपाल,बरिष्ठ उधोगपति अशोक बैध,काउन्सुलर आई.सि.एस.मनिस कुमार दास,ईसिसी सतिश पत्तापु,काउन्सुलर पि.सि.एस. सन्जय कुमार उपस्थिति रहेका थिए। भने सहजीकरण कोन्सुल. तरुन कुमारले गरेका थिए।




