
बीरगन्ज, १४ भदाै । सामाजिक संस्था सानो पाइलाद्धारा सञ्चालित स्कुल अफ रिकभरि(लागुऔषध पुर्नस्थापना केन्द्र)मा २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाइएको छ ।
संस्थाले आईतबार साँझ विज्ञप्ती जारी गर्दै पुर्नस्थापना केन्द्रमा उपचाररत २५ जना र कर्मचारी ४ जना गरि २९ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
गत शुक्रबार पुर्नस्थापना केन्द्रमा रहेका गरिएको परिक्षणमा नेगेटिभ रिपोर्ट आएका ४ जनालाई त्यहाँबाट छुट्टै राखिएको छ ।
गत शुक्रबार पुर्नस्थापना केन्द्रमा रहेका गरिएको परिक्षणमा नेगेटिभ रिपोर्ट आएका ४ जनालाई त्यहाँबाट छुट्टै राखिएको छ ।
संक्रमण पुष्टि भएकाहरुलाई पुर्नस्थापना केन्द्रमै एकान्तबास, पौष्टिक आहार र चिकित्सकीय निगरानी राखिएको संस्थाको भनाई छ ।
संक्रमण पुष्टि भएका सबै स्वास्थ्य अवस्था सामान्य छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस




