
वीरगञ्ज २५ जेठ । वीरगञ्ज महानगरपालिकाको कोभिड-१९ विपत व्यवस्थापन कोषमा बैंक अफ काठमाडौँले आर्थिक सहयोग गरेको छ ।
महानगरपालिका कार्यालयले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिद गर्ने सुरु गरेको अभियानमा सहयोग स्वरुप बैंकले एक लाखकाे चेक हस्तान्तरण गरेको हो ।
बैंक अफ काठमाडौँ प्रदेश नं. २ का प्रवन्धक दिपक कुमार श्रेष्ठको नेतृत्वमा गएको टोली महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई भेटेर चेक हस्तान्तरण गरेका थियो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रवन्धक श्रेष्ठले महानगरपालिकाद्वारा सुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र वित्तीय संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे । उनले कोरोनाभाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानलाई सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले बैंक अफ काठमाडौँलाई धन्यवाद दिँदै छिट्टै पिसिआर मेसिनबाट नगरमा परीक्षण सुरु हुने जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा बैंक अफ काठमाडौँ वीरगञ्ज शाखा प्रमुख सुरेश यादव, सहायक सम्पर्क प्रबन्दक संदेश पोखरेल, कन्हैया कुमार सिंहलगायतको उपस्थिति रहेको थियो ।