
वीरगञ्ज ३० भदौ । लोकतान्त्रिक समाजवादीका नेता मनिष मिश्रले विद्यार्थी राजनितीलाई छोडने भएका छन । नेता मनिषले विद्यार्थी राजनीतिमा १.५ दशक लामो विद्यार्थी राजनीतिको लामो यात्रा पश्चात उनले विद्यार्थी राजनितीबाट त्याग गर्ने भएका छन ।
उनले २०६४ मा तराई मधेश लोकतान्त्रिक पार्टी देखी विद्यार्थी संगठनको जिम्वेवार पदमा सक्रियरुपले काम गर्दै आएका नेता मिश्रले विद्यार्थी राजनिती छोडेको भएका छन । विद्यार्थी राजनिती लामो समय सम्म कामगरेकोले अबको दिनमा नयां जोस जागरको साथकाम गर्ने यूवालाई पालो दिएर आफु पार्टीको मुलकमिटीबाट कामगर्ने नेता मिश्रले प्रहार डेलीलाई बताएका छन ।
वर्तमान नेपालको राजनीतिमा पद र पावरको लागि मरिहत्ते गर्ने नेताहरु र बुढेसकाल सम्म पनि आफुलाई विद्यार्थी नेता र युवा नेता भन्नाउने रुचाउने नेता बिच हाल कार्यकारिणी अध्यक्ष भएतापनि आफ्नो पद आफू खुशी त्याग गर्ने गरी इच्छा जाहिर गरेको भन्दै सोहि संगठानका विद्यार्थी नेताहरुले नेता मिश्रले लिएको यो फौसलाको स्वागत गर्दै अगामीकार्यकाल शुभकामना व्यतm गरेका छन ।




