
राहुल गुप्ता
बिरगंज
पर्सा =बीरगञ्ज महानगरपालिकामा देश र राष्ट्रको लागि ज्यानको आहुति दिने बिर सहिदहरुको।
फोटोको यस्तो अवस्था र दुर्गति देखेर सो निन्दनीय हर्कतको बिरुद्धमा ने.बि.संघ,पर्साले महानगरपालिकाको मुल द्वारमा प्रदर्शन गरेको छ ।
जनता,नेता, कर्मचारी सम्पूर्णले उपभोग गरिरहेको हक,अधिकार र परिवर्तनका लागि आफ्नो ज्यानको आहुति दिने वीर शहीदहरुको सम्मान हुनु पर्नेमा।
यस्तो अपमानको साथ-साथै बहालवाला उपराष्ट्रपति र पूर्व प्रधानमन्त्रीको तस्वीरको यस्तो दुर्गतिले बिरगंजलाई पुनः देशको अगाडि लज्जास्पद बनाएको दःख पोख्दै ।
ने.बि.संघ,पर्साको कार्यवाहक अध्यक्ष बिकेश पटेल नेतृत्वको टोलीले ‘दोशीलाई कार्यवाही गर’ ‘सहिदलाई सम्मान गर’ भन्ने नाराको साथ प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा पुर्व केन्द्रीय सदस्य सुधिर पटेलको बिषेश उपस्थितिको साथै बिभिन्न बिधार्थी नेताहरुको उपस्थिति रहेको थियो ।




