
बिरगंज , असोज ०२ गते शुक्रबार ।
बीरगंज ब्लड बैंकमा रक्त अभाव भएको बेला बीरगंज-१९ बिन्दवासिनी मंदिर प्रागणमा बिन्दवासिनी युवा समाजद्धारा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
युवा समाजका अध्यक्ष अमित क्षेत्रीको अध्यक्षतामा र प्रदेश सभासदस्य माननीय प्रल्हाद गिरिको विशेष उपस्थितिमा तथा वडा अध्यक्ष संतोष तिवारीको बिशेष सक्रियतामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको प्राबिधिक डिल्लीमाया घिमिरेले प्रहार डेलीलाई जानकारी गराउनु भएको थियो ।
त्यसै गरि सो कार्यक्रममा प्रदेश सभा सदस्य भिमा यादव, नगरप्रमुख बिजय सरावगी , केन्द्रीय सदस्यहरू लक्ष्मीकान्त तिवारी ,सिपु तिवारी , शशिकपूर मियाँ , पुरोषत्तम झा , नेता सुन्दर कुर्मी, जिल्ला अध्यक्ष राजेश मान सिंह, उपाध्यक्ष मुस्तकिम अंसारी, सचिव उमेशलाल सहनी , युवा नेता मुकेश दिवेद्धी , डा. राम प्रसाद यादव , नेताहरू प्रमोद यादव , शशी पाण्डे , अनुज गुप्ता ,अजय यादव , प्रभु यादव , रामदेव महासेठ लगायतको उपस्थिति रहेको थियो ।




