
बिरगंज , असोज १७ गते शनिबार ।
समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालयौन दुर्व्यवहार सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको केन्द्रिय कार्यालयको परिपत्र अनुसार नेपालका सम्पुर्ण महानगरपालिका , उपमहानगर , नगरपालिका , गाउ पालिका , सम्पुर्ण वडाहरुमा आर्थिक बर्ष २०७७/२०७८ को असोज महिना देखि अाषाढ मसान्तसम्म एक बर्ष मा गर्ने कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ पर्साको असोज महिनामा दुई कार्यक्रममा बालयौन दुर्व्यवहार र सरसफाइ रहेको छ ।
त्यसै अन्तर्गत आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ पर्साको आयोजनामा बिरगंज महानगर पालिका वडा न.३ को वडा समितिको कार्यालयमा अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको सभापतित्वमा र वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकारको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिस्ट अतिथि सिमा प्रहरी चौकी छपकैयाका प्रहरी नायब निरीक्षक अरुण कुमार सिंह , वडा न. ३ का महिला सदस्य एवं बोर्ड सदस्य बर्कतुन नेसा , सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबीण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा कुमारी सिंह , सदस्यहरु अजित कुमार भुजेल , अब्दुल कैश , मोमिला खातुन , टीका देबि प्रसाईं ,ऎसाहनुल हक ( बिट्टु ) , राईजिङ्ग नेपालका अध्यक्ष आरजु खान , छपकैया प्रहरी बिटका प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादव , प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी जवान राजकुमार तामाङ , स्थानीय महिला रुकसार खातुन , नज्नी खातुन , जेवा अन्सारी , निर्जा खातुन , सोफिया खातुन , भोला साह , शिवजि सरार्फ , रोहन शर्मा , अमृता झा , मुन्ना तिवारी लगायतकाको सहभागिता रहेको थियो ।
स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र छपकैयाको कोषाध्यक्ष प्रेमा कुमारी सिंहले र कार्यक्रम संचालन सामुदायिक सेवा केन्द्रका सदस्य एवं सन्चारकर्मी अजित कुमार भुजेलले गर्नु भएको थियो ।




