सामुदायिक सेवा केन्द्र मिनाबजारको आयोजनामा रक्तदान कार्यक्रम सप्पन्न , १० महिला सहित ६८ जनाले गरे रक्तदान ।

बिरगंज , असोज २३ गते शुक्रबार ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारको अध्यक्ष बिदुर गुप्ताको अध्यक्षतामा र पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्य शुक्रबार बिरगंजको घन्टाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

खुल्ला रक्तदान कार्यक्रममा १० महिला र ५८ पुरुष गरि जम्मा ६८ जनाले रक्तदान गरेका थिए ।वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरि लगायतकाले रक्तदान गरेको रक्त सन्चार केन्द्र बिरगंजका प्रमुख सौरब राज पान्डेले पर्सा पोस्टलाई जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवर , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , वडा अध्यक्ष धुर्व प्रसाद नेपाल , वडा अध्यक्ष राज किशोर गुप्ता ,ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, व्यवस्थित बिरगंज अभियानका संयोजक एवं पहल सस्थाका अध्यक्ष दिलिप राज कार्की , नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खड्का , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक गोकुल बलाया , सामुदायिक सेवा केन्द्र कुम्हालटोलका प्रहरी हवल्दार सुनिता बिक , सामुदायिक सेवा केन्द्र मुर्लीका प्रहरी जवान रबि कुमार सिंह , प्रहरी हवल्दार बिनोद प्रसाद यादव र प्रहरी हवल्दार राज कुमारी थापा लगायतको उपस्थिति रहेको थियो । रक्त सन्चार केन्द्र बिरगंजको प्राबिधिक सहयोग रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close