
बिरगंज , कार्तिक २४ गते सोमबार ।
विशेष सुचनाको आधारमा अवैध वित्तिय कारोवार(हुण्डी) भईरहेको छ भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०७।२३ गते अं.१४:०० बजेको समयमा जि.पर्सा बीरगंज म.न.पा.वडा नं.७ माईस्थान स्थितमा ना ६४ प ९०५६ नम्बरको मो.सा. चालकलाई रोकी चेकजाँच गर्दा देश भारत पुर्वी चम्मपारण रक्सौल बस्ने बर्ष ५० को कृष्ण कुमार जैनको साथबाट स्रोत खुल्न नसकेको नेपाली रु.१६,००,०००।–(सोह्र लाख) फेला पारी सो नगद र मो.सा.सहित निजलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर शिर्षकमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




