
काठमाडौं , फागुन १९ गते बुधबार ।
महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरमा नव-निर्मित भवन समुद्घघाटन कार्यक्रम महानगरीय प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री हरि बहादुर पालज्यूको प्रमुख आतिथ्यतामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौला, प्रहरी नायव महानिरीक्षकज्यू, उपत्यकामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, जिल्ला सुरक्षा समिति ललितपुरका प्रमुखहरु, जिल्ला न्यायाधिवक्ता, बुद्धिजिवीहरु र पत्रकारहरु लगायतका व्यक्तित्वहरूको उपस्थितीमा प्रहरी अतिरिक्त महानिरीक्षकज्यूबाट नव निर्मित व्यारेक भवनको समुद्घघाटन गरीएको थियो ।
सो भवन बनाउने सम्झौता मिति : २०७५।११।०३ गते रु. १,७१,१५,८८८/६३ लागतमा कार्यालय , ब्यारेक , मेष तथा हिरासत कक्ष सहित ११ वटा कोठा पबित्रा मल्टीपल कन्स्ट्रक्सन प्रा. लि. ले बनाएको थियो ।




