दलित समुदायका बालबालिकालाई शैक्षिक सामाग्री सहित स्कुल ड्रेस वितरण

पकहामैनपुर,०३ मंसिर
पर्साको पकहामैनपुर गाउपालिकाले दलित समुदायका बालबालिकालाई शैक्षिक सामाग्री सहित स्कुल ड्रेस वितरण गरेको छ ।

गाउपालिका अध्यक्ष विजय चौरसियाले गाउपालिका अन्तरगतका वडा नं.१ धोरे , वडा नं. पकहामैनपुर र वडा नं.४ खेश्राहाका डोम , मुसहर समुदायका १ सय १० जना बालबालिकाहरुलाई बेग , ६ थान कापी ,६ थान पेन्सिल ,जुतामोजा र २ सेट स्कुल ड्रेस वितरण गरेका हुन ।

दलित समुदायका बालबालिकाहरु आर्थिक विप्पनताका कारण स्कुल जानबाट बन्चित हुने गरेकाले उक्त समुदायको बालबालिकालाई शिक्षामा प्रेरित गर्न शैक्षिक सामाग्री लगायत स्कुल ड्रेस वितरण गरिएको अध्यक्ष चौरसियाले बताउनुभयो ।

शैक्षिक सामाग्री वितरण गर्दै गाउपालिका अध्यक्ष विजय चौरसियाले गरिब , दलित र आर्थिक रुपले विप्पन बालबालिकाहरुको लागि आफुले एकदम सहयोग गर्दै जाने प्रतिबद्घता जनाउनुभयो । गाउपालिका अध्यक्ष चौरसियाले आर्थिक अभावमा अब गाउपालिका अन्तरगतका कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नसक्ने उदघोष गर्नुभयो ।

आफुले हरेक बर्ष गरिब , दलित र जेहेन्दार विद्यार्थीहरुको पढाईको लागि गाउपालिकाको तर्फबाट शैक्षिक सामाग्री , जुतामोजा लगायत आवाश्यक आर्थिक सहयोग गर्ने अध्यक्ष चौरसियाले बताउनुभयो ।

शैक्षिक सामाग्री लगायत स्कुल ड्रेस पाएपछि खेश्रहाका मदन माझीले भने –“ हामीलाई खान लाउन धौ–धौ हुन्छ , कापी कलम किन्न पैसा हुदैन गाउपालिकाको यस्तो सहयोगले आफनो नानीबाबुलाई पढाउन हौसला प्रदान भएको छ ।

गाउपालिकामा जती बजेट आएपनि रोड र नालामा मात्र नेताहरु खर्च गर्छन , गरिबको छोराछोरी पढाईमा कसैले सहयोग गरेका छैनन , गाउपालिका अध्यक्ष विजय चौरसियाले हाम्रो छोराछोरीका पढाईका लागि धेरै सहयोग गर्नुभयो खेश्रहा मसहर बस्तीकी अनिया माझिनले भनिन ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा वडा नं.३ का वडाध्यक्ष मदन साह कानु , वडा नं.४ का वडाध्यक्ष ढेडी प्रसाद यादव , स्थानिय पत्रकार विन्दुभुषण साह लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close