
जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला बिपत ब्यवस्थापन समितिको सन्युक्त आयोजना सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको सहयोगमा नेपाल रास्ट्रीय माध्यमिक बिधालय नगवा र जेपी चतुरबेदी आधारभुत बिधालयका निम्न निमुखा गरिब बर्गका ९६ जना बिद्यार्थीहरुलाई १३७ थान नया ज्याकेट, जुत्ता सेण्डल चप्पल बितरण गरिएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दहालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिशाल मल्ल रहेका थिए।प्रमुख अतिथि मल्लले बिधालयका बिद्यार्थीहरुलाई ज्याकेट जुत्ता सेण्डल बितरण गर्दै कार्यक्रम उदघाटन गरिएको थियो।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार श्याम केसि, सचीव श्रवण रायमाझी , भवानी घिमिरे, सम्झना मल्ल ,जेपी चतुरबेदी आधारभुत बिधालयका प्रधानाध्यापक कृष्ण प्रसाद सिंह , नेपाल रास्ट्रीय माद्यामिक बिधालय का सहयक प्रधानाध्यापक अजय कुमार साह , रेणु श्रेष्ठ, नसिमा खातुन, शोभा तिवारी , शुसिलता पाल , ममता अर्याल, प्रहरी जवान कुमार बिक ,भद्रभलादमि लगायत सन्चारकर्मीको समेत
सहभागिता रहेको थियोे ।




