प्रेम साईकल्स स्टोरका सन्चालक सत्रुधन सरार्फको श्रीमती सध्या देबिले किर्ते जालसाजी गरि १४ धुर जग्गा बिक्री गरेपछी वास्तव जग्गा धनि धिरज गुप्ता अख्तियार जाने ।

बिरगंज , मंसिर १२ गते शुक्रबार ।

प्रेम साईकल्स स्टोर बिरगंजका सन्चालक सत्रुधन सरार्फकि श्रीमती सन्ध्या देबिले किर्ते जालसाजी गरि १४ धुर जग्गा बिक्री गर्न सफल भएको खुलासा भएको छ ।

मालपोत कार्यालय पर्साको लापरबाहीले गर्दा वास्तबिक जग्गा धनीलाई जानकारी तथा सोधपुछ नै नगरी पैसाको प्रलोभनमा पनि त्याहाका भ्रष्ट कर्मचारीले सो कार्य गरेको खुलेको छ ।

बिरगंज महानगर पालिका नगवा बि ७ किता न.५४२ रहेको १ कठ्ठा ८ धुर जग्गाको धनी माईस्थान निवासि धिरज गुप्तालाई थाहा नदिई तथा खबर समेत नगरी फुकुवा किताकाट गरि सोही दिन बिक्री गरेको जग्गा धनी धिरज गुप्ताले प्रहार डेलिलाई बताउनु भयो।
जग्गा धिरज गुप्ता तथा संध्या देवीको नाउमा संयुक्त लालपुर्जा रहेकोमा केही बर्ष देखि आपसी विवादको कारण अदालतबाट रोका रहेको जग्गालाई गोप्य रुपमा संध्या देवीले अदालतबाट फुकुवा गराई एकैदिनमा जग्गालाई किताकाट गरि आफना छोरा सिर्दाथ सरार्फको नाउमा गराएपछि यो घटना बाहिरीएको हो ।

सन्ध्या देबिले २०७२ /४/१२ गते संध्या देवीले संयुक्त जग्गाको फुकुवा गर्न जिल्ला अदालत पर्सामा निबेदन दर्ता गराएकि थिईन । संयुक्त जग्गाका अर्का जग्गाधनी धिरज गुप्तालाई सोधखोज वा जानकारी समेत नदिई जिल्ला अदाल कार्यालय पर्साले दुई दिनभित्र फुकुवाको निणर्य गरेपछी निवेदकले उल्लेख गरेको किता नम्बर ५४२ को १ कठा ८ धुरजग्गा मध्ये पश्चिमतर्फको १४ धुर जग्गा रोक्का गरि बाकी रहेका १४ धुर पुर्बतर्फबाट ४ खण्डको १ खण्ड फुकुवा गर्ने निर्णय गरेको देखिन्छ। जिल्ला अदालत पर्साले निणर्य सहितको पत्र मालपोत कार्यालय पर्सामा पठाएको पत्र सख्या नम्बर ३८५को बिपरित मालपोत कार्यलयले सोही दिन २०७२/४/१४ गते फुकुवाको पत्रलाई बेवास्ता गरि जग्गालाई दुईकिता गरी सिर्दाथ गुप्ताको नाउमा बक्सपत्र गरेको छ । नियम बिपरित मालपोत कार्यलयका कर्मचारीले सो जग्गालाई किताकाट गरि किता नम्बर १८३७ तथा १८३८ बनाएको सो किता नम्बरमध्ये १८३७ अरुको नाउमा दर्ता गरेको छ । जिल्ला अदालत पर्साले मालपोत चलानी गरेको पत्र संख्या ३८५ पठाएको सोही पत्रको आधारमा जग्गा फुकवा किनबेच भएको तर मालपोतले आफुलाई बाच्नका लागी फेक चलानी नम्बर ३८२ उल्लेख गरेको पाईएको छ । अदालले आफनो निणर्यमा साढे तिनधुर जग्गा फुकुवा गर्न आदेश गरेकोमा कर्मचारीहरुले १४ धुर जग्गा अरुको नाउमा दर्ता गरेपछि कर्मचारीहरुले बादमासी गरेको देखिन्छ । यस बिषयमा मालपोत कार्यालय अन्तर्गत रहेको मुदा शाखामा कार्यरत कर्मचारी राजेश्वर साहका अनुसार अदालतको पत्रको कार्यवन्य गर्ने मुदा शाखा रहेको तर यहाबाट कुनै किसीमको निणर्य वा टिप्पणि आदेश आफुले नदिएको तर सयुक्त जग्गा कसरी किताकाट तथा अरुको नाउमा दर्ता भयो यस बिषयमा कार्यालय प्रमुखसंग बुझ्न बताए। तत्कालिन कर्मचारि हाल अख्तियारले निलम्बन गरिएका मदन गुप्ताको तोकआदेशमा जग्गा दर्ता तथा किटाकाट भएको प्रमाणले देखाएको पिडित जग्गा धनी धिरज गुप्ताले बताए ।

अब तपाईं के गर्नु हुन्छ त भन्ने जवाफमा धिरज गुप्ताले आफू अन्यायमा परेको र मालपोत कार्यालय पर्सा त्यस्ता गलत कार्य हुँदै आईरहेको हुदा यसबारे अख्तियारमा जाने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close