
काठमाडौं , असार १९ गते शनिबार ।
ललितपुर बार एशोसियसन कार्य समितिद्वारा शनिबार स्व. भुजेल परिवार प्रती समवेदना व्यक्त गरेको छ ।
ललितपुर बार एशोसियसन कार्य समिति सदस्य अधिवक्ता सुजित कुमार भुजेलको पुजनिय पिता राम बहादुर भुजेलको ८८ बर्षको उमेरमा असमायिक निधन भएकोमा ललितपुर बार एशोसियसनले भुजेल परिवार प्रती समवेदना प्रकट गरेको छ ।
ललितपुर बार एशोसियसन काएय समितिका अध्यक्ष अर्जुन महर्जनले एक शोक वक्तव्य जारी गर्दै स्वर्गिय बुवाको असामयिक निधन प्रती गहिरो सम्वेदना व्यक्त गर्नु भएको छ ।
उहाले दिवगन्त आत्माको चिर शान्तिका कामना सहित हार्दिक श्रर्दान्जलि तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
त्यसैगरि नेपाल बार एशोसियसनका केन्द्रिय सदस्य खिमानन्द अधिकारिले पनि स्वर्गीय पिता रामबहादुर भुजेलको असमायिक निधन प्रती गहिरो सम्बेदना व्यक्त गर्दै शोकाकुल परिवारमा धैर्य धारणा गर्ने शक्ति मिलोस भनी सम्बेदना व्यक्त गरेका थिए ।
समवेदना कार्यक्रममा ललितपुर बार एशोसियसन कार्य समितिका अध्यक्ष अर्जुन महर्जन , उपाध्यक्ष सुशील पोखरेल , सचिव कृष्ण प्रसाद सुवेदी , सह- सचिब रन्जिता थापा , कोषाध्यक्ष शरद राना , सदस्य थरी प्रसाद कडेल , नवीन केसि , निवर्तमान सचिब ज्ञानेन्द्र नेपाल , पुर्व सदस्य बाबू कृष्ण महर्जन लगायतको सहभागिता रहेको थियो ।





