अनिश्चितकाल धर्ना कार्यक्रम दोस्रो दिन पनि जारी ।

अजित भुजेल

बिरगंज , मंसिर १३ गते शनिबार ।

नेपाल भारत खुल्ला सिमा सम्वाद समुहको आयोजना अनिश्चितकाल धर्ना प्रदर्शन कार्यक्रम शनिबार दोस्रो दिन पनि जारी रहेको छ ।

बिरगंज भन्सार एरियामा मंसिर १२ गते शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म १ घन्टा सिमा खुल्ला करो भन्ने नाराका साथ धर्ना दिदै आईरहेकोमा आज दोस्रो दिन पनि १ घन्टा बिरगंजको भन्सारमा धर्ना बसेको जसपाका केन्द्रिय सदस्य मुन्नी श्रीवास्तवले जानकारी गराउनु भएको थियो ।जबसम्म खुल्ला सिमा खुल्दैन तब सम्म धर्ना कार्यक्रम निरन्तर रहिरहने समेत बताए।

धर्ना कार्यक्रममा मुन्नी श्रीवास्तव , रम्भा मिश्र, शिव पटेल , कृष्णा पटेल , मिनु ठाकुर , प्रतिमा जोशी , जनार्दन यादव , मदन गुप्ता , शेख मुन्ना लगायतकाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close