
सुवर्ण मन्दिरको सार्वजनिक जग्गा निजि व्यक्तिले आफ्नी नाममा रजिस्ट्रेशन पास गरेको र जग खन्ने बेला स्थानीयद्वारा बिरोध ।
वीरगंज, मंसिर २० गते शनिबार ।
वीरगंजको घण्टाघर नजिक रहेको करोडौं मुल्य बराबरको सुवर्ण मन्दिरको सार्वजनिक जग्गा निजी व्यक्तिले आफ्नो नाममा गराएको बिषयलाई लिएर स्थानीय र जग्गाधनी बिच विवाद शुरु भएको छ ।
वीरगन्ज महानगरपालिका–८ मा पर्ने घण्टाघर नजिकको शिवा अस्पताल रोड अवस्थित सुर्वण मन्दिरको नाममा १ कठ्ठा ११ धुर जग्गा रहेको छ भने सो जग्गामध्ये मुख्य सडकसँग जोडिएको ७ धुर जग्गा नसीमा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिष्ट्रेशन पास गराएकी छिन ।खातुनले आफ्नो नाममा पास गराएको जग्गामा बिहीबार राति हेक्साभेटर लगाएर जग खन्ने काम शुरु गरेपछि शुक्रबार बिहान वडा अध्यक्ष राजकिशोर गुप्ता सहितका स्थानीयहरुले मन्दीर पुगेर विरोध जनाएका थिए । शुक्रबार बिहान वडाअध्यक्ष गुप्ता, हिन्दुवादी अगुवा र स्थानीयको भीडले निर्माण कार्यमा अवरोध गरेपछि केही समय सो स्थान तनावग्रस्त भएको थियो भने सम्भावित झडपलाई मध्यनजर गर्दै मन्दिरको उक्त जग्गामा शुक्रबार बिहान प्रहरी पनि परिचालन गरिएको थियो ।
सुवर्ण मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा निजी व्यक्तिको नाममा रजिष्ट्रेशन पास हुनै नसक्ने भन्दै स्थानीयले हामी हिन्दु धर्म माथीको आक्रमण भएको भन्दै जय श्री रामको नारा बाजी लगाउदै बिरोध गर्दै उनीहरुले मन्दिरको जग्गामा निजी संरचना बनाए त्यसले ठूलो दुर्घटना निम्त्याउने चेतावनी समेत दिएका थिए ।
मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा भुमाफीयाले मालपोत र नापी शाखाका कर्मचारीको मिलोमतोमा फर्जी तरिकाले आफ्नो नाममा गराएको स्थानीयको भनाइ छ । सो विवादास्पद जग्गा मन्दिरकै सार्वजनिक जग्गा रहेको वडा अध्यक्ष गुप्ताले भने ।
‘मन्दिरको जग्गा सार्वजनिक हुन्छ । त्यो खरिद बिक्री गर्नै मिल्दैन’, उनले भने, ‘तर भुमाफीयाले रकमको चलखेल गरेर ४/४ पटकसम्म किनबेच भएको समेत उनले बताए । उनले खातुनले जग्गामा निजी संरचना निर्माणका लागि
नक्सा पासको सिफारिस माग्न वडा कार्यालय आउँदा आफूले मन्दिरको जग्गामा नक्सा पास गर्न नमिल्ने भन्दै फर्काइ दिएको गुप्ताले जानकारी दिए ।




