लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रमको समापन 

बिरगंज , मन्सिर २५ गते बिहीबार ।

समुदाय – प्रहरी साझेदारी अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटाेलकाे आयाेजनामा वी. म.न.पा. वडा नं. ५ स्थित मुनलाईट ई.बाे.स्कुलकाे प्राङगणमा लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियान समापन कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा र जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तकाे प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका बिशिस्ट अतिथिमा वडा न.५ का वडा अध्यक्ष प्रदिप चौरसिया , वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक राजेश राज पुरी , सानो पाईलाका सिईओ कन्चन झा, सनलाईट ई. बो. स्कुलका प्रिन्सिपल आलोक चौरसिया , मुनलाईट ई. बो. स्कुलका प्रिन्सिपल श्याम केसि , कन्चनजंगा ई. बो. स्कुलका डाईरेक्टर मार्टिन मोक्तान , मेरिगोल्ड ई. बो. स्कुलका भाईस प्रिन्सिपल अनमोल कोईराला , ने. रा. मा. बि. का शिक्षक राजकिशोर साह ,नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खडका, राष्ट्रिय युवा संघ पर्साका सदस्य भुपेन्द्र साह , सन्चारकर्मी अजित कुमार भुजेल , मन्सुर खान , संतोषमान रन्जितकार , जाकिर हुसेन , अखलेश साह, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु ,विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यहि मंसिर १५ गते गरिएकाे लैङगिक हिंसा सम्बन्धि निबन्ध प्रतियाेगितामा बिजयी छात्र/छात्राहरू र उक्त कार्यक्रममा प्रत्क्षय , अप्रत्क्षय रुपमा सहयाेग गरेका संघसंस्था , सन्चारकर्मी र केही सहयाेगी हातहरूलाई सम्मानपत्र , कदर पत्र तथा मायाकाे चिनाे दिई प्राेत्शान गरेको थियो ।

स्वागत मन्तव्य सा. से. केन्द्र कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले र कार्यक्रम सन्चालन सन्चारकर्मी हेमन्त तामाङले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close