पर्साको गम्हरियामा आगलागि हुदा ३ लाखको क्षती ।

पर्सा , मंसिर २८ गते आइतबार ।

पर्साको बहुदरमाई नगरपालिका वाड नं ६ गम्हरियामा आइतबार बिहान करिब १:३०बजे आगलगी भएको छ। बहुदरमाई नगरपालिका वाड नं ६ का स्थानिय अमिरिका यादवको फुसको घरमा आगलागी भएको हो । लामखुटे धपाउन बालिएको घुरबाट सो आगलगी भएको स्थानियको भनाइ रहेको छ ।

आगलागीबाट लत्ताकपडा, गरगहना, काठको सामान, पाडो गरि ३ लाख बराबरको क्षति भएको पिडितले बताएका छन । आगो नियन्त्रण गर्ने क्रममा पिडित अमिरिका यादव समेत जलेर घाईते भएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close