सरस्वतीपूजा धूमधामले मनाइयो, ठाराब र घडीअर्वामा फोटो खिच्नेको घुइँचा

यस वर्ष विद्याकी देवी सरस्वती माताको पूजा आराधना वीरगंजमा धूमधामले गरिएको छ।

क्याम्पस, विद्यालय तथा हरेक टोलको चोक तथा गल्लीमा पन्डाल बनाएर तामझामका साथ विद्यार्थीहरूले सरस्वतीपूजा आयोजना गरेका थिए। सरस्वतीपूजाको अवसर पारी ठाकुर राम बहुमुखी क्याम्पसले सांस्कृतिक कार्यक्रम आयोजना गरेकोमा स्थानीय गायक सुनील पण्डित र स्थानीय कलाकारहरूको प्रस्तुतिमा दर्शकहरू झुमेका थिए।

त्यसैगरी, सरस्वतीपूजाको अवसरमा ठाकुर राम बहुमुखी क्याम्पसको बगैंचामा र घडीअर्वा पोखरी परिसरमा विद्यार्थी तथा तन्नेरीहरूको फोटो खिच्न र टिकटक भिडियो बनाउन घुइँचो लागेको देखियो। पहिले सरस्वतीपूजामा निकै आस्थाका साथ पूजा आराधना हुने गरेकोमा वर्तमान पुस्ताको ट्रेन्ड बदलिंदै गएको पनि महसूस गरिएको छ।

पूजाको दिन साथीभाइसँग रमाइलो गर्ने, घुमफिर गर्ने, फेसबूक र सामाजिक सञ्जालका लागि फोटो खिच्ने, टिकटक भिडियोमा उनीहरू रमाएको देखियो। ठाराबको बगैंचामा ढकमक्क फुलेका फूलहरू हेरेर सहभागीहरू खुशी भएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close