बि.ओ.पि. जलेश्वरका सप्रनि बिर्ख शाहीद्वारा एक महिलाको सकुशल उद्दार ।

महोत्तरी , पुस ०१ गते बुधबार ।

बि.ओ.पि. जलेश्वरका सप्रनि बिर्ख शाहीले एक महिलाको सकुशल उद्दार गरेको छ ।
जिल्ला महोत्तरी ज.न.पा. वडा न.१२ बस्ने अन्दाजी बर्ष २५ को नुरिया खातुनले घरमा पासो लगाई आत्महत्या गर्न खोज्दा सशस्त्र प्रहरी निरीक्षकको नेतुत्वमा गएको टोलिले बचाएका थिए ।
आफ्नै श्रीमानले घरेलुु हिंसा , अत्याचार तथा महिला हिंसा गरेकोले सहन नसकेर आफ्नो कोठा भित्रबाट बन्द गरि पंखामा सल ( दुपटा) बाधी आत्महत्या गर्न लागेको अवस्थामा गाउलेहरुले बिओपि जलेश्वरमा खबर गरे प्रश्चात सप्रनि बिर्ख शाहीको नेतुत्वमा गरेको मोबाइल गस्तीले उक्त स्थान पुगि ढोका फोरेर ( तोडेर ) निज महिलालाई सकुशल उद्दार गरेको सशस्त्र प्रहरी निरीक्षक शाहीले जानकारी गराउनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close