
वीरगंज – नारायणी अस्पतालका मेसु डा. संजय ठाकुरले व्यवस्थापकिय जिम्मा लिएपछि अस्पतालमा व्यापक सुधार भएको छ । मेसुले व्यवस्थापनमा कडाई गरेपछि हाजरी गरेर टाँप कस्ने डाक्टरहरु अहिले त्रसित बनेका छन । निजि क्लिनिकमा हाजिर गर्ने डाक्टरहरु अहिले गुट बनाएर मेसु बिरुद्ध लागेका छन । कहि दिन अघि मात्र नारायणी अस्पतालमा कार्यरत डाक्टहरुको टोली मेसुको सरुवाको लागि काठमाडौं गएको थियो । नारायणीबाट सेवा सुबिधा लिने र निजि क्लिनिकमा काम गर्ने डाक्टहरु मेसुको सरुवाको लागि आर्थिक संकल्न गरी व्यापक चलखेल शुरु गरेका छन । ठाकुरले प्रशासन संगै अस्पतालको सेवामा समेत कडाई गर्न थालेपछि हाजरी मात्र गरेर तलब खानेहरुको निंद हराम भएको छ । मेसुले काम खोज्न थालेपछि कामचोर प्रवृतिका कर्मचारीहरु उनी बिरुद्ध षड्यन्त्र गर्न थालेका छन । मेसु ठाकुर बिरुद्ध बिभिन्न शक्ति केन्द्र धाउदै उनी बिरुद्ध अर्नगल प्रचार समेत गरेका थिए । मेसु ठाकुर स्वंम ओपिडीमा र अस्पतालमा राउण्डमा जान थालेपछि उनको लोकप्रियता बढेको देखेर केहि डाक्टरहरु चिन्तित बनेका छन । कतिपयले ठाकुरलाई जसरी भएपनि वीरगंजबाट धपाउनुपर्ने अडान सहित बिभिन्न शक्ति केन्द्र तथा नेताहरुको घरमा पुग्न थालेका छन ।




