
अजित भुजेल
बिरगंज ,पौष १८ गते शनिबार ।
जनजाति कल्याण आश्रम नेपालद्वारा सन्चालित “आमाको माया छात्रावास ” बिरगंजको नवगठित कार्य समितिको अध्यक्षमा पुन भवरलाल पारिख चयन हुनु भएको छ ।
भवरलाल पारिखको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति गठन भएको छ ।कार्य समितिको बरिस्ठ उपाध्यक्षमा राजकुमार दारुका , उपाध्यक्षमा जयप्रकाश खेतान , महासचिवमा सुरेश शर्मा ,सचिवमा कृष्ण कुमार खनाल , काेषाध्यक्षमा मनोज अग्रवाल , सहकोषाध्यक्षमा क्रमश पवन भंगरिया,गणेश खेतान सर्वसहमतिबाट चयन हुनु भएको छ।
सदस्यमा किशोर गुप्ता , रबिन्द्र बर्णबाल , अन्जनि खेतान , मरली जलान , आरती चौधरी , शिवम केडिया , सुभम केडिया , सन्जय मित्तल , अन्कुर भङर , घनश्याम शर्मा , द्वारका प्रसाद उपाध्याय , प्रेमचन्द्र गोयल , उमेश कानु चयन भएको छात्रावासका संरक्षक सुरेश रुङ्ग्टाले जानकारी गराउनु भयो ।
त्यसैगरि संरक्षकमा सुरेश रुङ्ग्टा , माधव राज पाल, कपिलदेव तिवारी , रामचन्द्र सरार्फ र जयप्रकाश बर्णबाल चयन हुनु भएको छ ।
छात्रावास सन्चालन गर्न विभिन्न समिति पनि गठन गरिएको छ ।अर्थ समितिको अध्यक्ष पवन भंगरिया र सदस्यमा मनोज अग्रबाल , गणेश खेतान रहने छ भने जिन्सी समितिमा अध्यक्ष मनोज गाडिया सदस्यमा शिवम केडिया र सुभम केडिया रहने छन ।भवन रेखदेख सन्जय मित्तल र राजकुमार दारुकाले , विद्यार्थी रेखदेख समितिमा घनश्याम शर्मा हुनु हुन्छ भने बिज्ञापन समितिमा शिवम केडिया, सन्तोषमान रन्जितकार र अजित कुमार भुजेल रहने गरि समिति गठन गरेको रुङ्ग्टाले जानकारी गराउनु भयो ।
भवरलाल पारिखको अध्यक्षतामा बिरगंज महानगर पालिका वडा न.१० बजरङ्ग टोलमा रहेको आमाको माया छात्रावासमा बसेको भेलाले सो निर्णय गरेको हो।हाल सो छात्रावासमा मुगु , नवलपरासी , बारा , कंचनपुर, रौतहटबाट आएका २ कक्षा देखि १० कक्षासम्मका २५ जना विद्यार्थीहरु बस्दै आईरहेको छात्रावासका प्रेम थुरुङ्गले बताए ।
आमाको माया छात्रावास नेपालका विभिन्न ठाउहरुमा संचालित रहेको छ ।बिर्तामोड ( झापा) , मोतिराम टोल( बिराटनगर ), रत्नसागर , जनकपुरधाम , धनुषा , बजरंगटोल , आदर्शनगर ( बिरगंज ), चरिकोट ( दोलखा ), नवरत्नटोल ( भरतपुर , चितवन ), बिदुर ( नुवाकोट ), निलकन्ठ न.पा. धादिङ बेसि ( धादिङ ), कागेश्वरी मनोहरा-६, मुलपानी (काठमाडौं )र धनगढी न.पा. -५ तारानगर ( कैलाली ) मा सन्चालित रहेको र हरेक बर्ष थप गर्दै जाने रुङ्ग्टाले बताएका थिए ।




