वडा नं. २० मा लैगिक हिंसा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

वीरगञ्ज १८ पुष । पब्लिक एफ.एमले वीरगञ्ज महानगरपालिका वडा नं. २० मा लैगिक हिंसा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २० वडा अध्यक्ष पारस प्रसाद यादव, श्री निरञ्जन कलवार आधारभुत बिध्यालयका बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष हदिस मिया, शिक्षा प्रेमी सन्देश कुश्वाहा, स्थानिय बासी श्याम चन्द्र यादव, अनुप महतो लगायत स्थानिय महिलाले लैगिस हिसां बिषयमा आ आफनो बिचार व्यक्त गरेका थिए ।

कार्यक्रममा रेखा सिंह, संजय दास थारु, लालबाबु सिंहको सहभागीता थियो भने कार्यक्रमको संचालन स्टेशन प्रमुख राजेन्द्र सिंहले कार्यक्रमको सहजीकारण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close