गान्धी जयन्तिको अवसरमा मधेश फाउन्डेशन नेपाललाई एम्बुलेंस सहयोग

वीरगञ्ज, १६ असोज । गान्धी जयन्ति तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा भारत सरकारले नेपालका विभिन्न संघ संस्थाहरुलाई एम्बुलेन्स लगायतका वाहनहरु सहयोग गरेको छ ।
महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा यस वर्ष पनि भारतीय राजदूतावास काठमाडौँले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको हो ।

मधेशको अधिकार र विकासमा सक्रिय मधेश फाउन्डेशन नेपाल लाई भारतीय दूतावास, काठमाडौंले एक थान एम्बुलेन्स प्रदान गरेको छ । भारतीय दुतावास काठमाण्डौले मानवीय सेवालाई अझ सशक्त रूपमा अगाडी बढाउन फ़ाउन्डेशनलाई एक थान एम्बुलेंस उपहार स्वरूप सहयोग गरकोमा फाउन्डेशन की अध्यक्ष पिंकी देबी यादवले धन्यवाद व्यक्त गर्नु भयो ।

अध्यक्ष यादवले एम्बुलेन्स प्राप्त भएसँगै मानवीय सेवा कार्य मा जिम्मेवारी थपिएको बताउँदै अझ प्रभावकारी ढंगबाट काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close