
बारा , माघ १८ गते आइतबार ।
विशेष सूचनाको आधारमा शनिबार दिउसो अन्दाजी ३ बजे प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित हुलाकी राजमार्गमा चेकजाँचको क्रममा भारतीय BR05 V 7804 नं. को मोटरसाइकल चलाई आएका जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ६ धर्मपुर टोल बस्ने रामेश्वर राउत अहिरको छोरा भोला कुमार यादवलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर समेतको तलासी गर्ने क्रममा निजले पिठ्युमा बोकेको कालो झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध डाइजेपाम-३०० पिस, फेनारगन-३०० पिस र नुफिन-३०० पिस गरि जम्मा ९०० पिस फेला पारी पक्राउ गरी लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




