
वीरगंज, पर्सा
सशास्त्र प्रहरी पर्साले भन्सार छलीको औषधी बारमद गरेको छ। वीरगंज महानगरपालिका वडा नं १० स्थित अलखिया मठ नजिकै मेनरोडबाट पक्राउ गरिएको हो ।
बिओपि सिर्सियाबाट खटिएको गाडि मोबाईल टोलीलाई देख्नासाथ अवैध रुपमा भंसार छली भारतबाट BR22M9109 नं.को भारतिय मो.सा.मा लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको मल्टी भिटामिन औषधी (२००ml.को 144 बट्टा Nutridex Multivitamin Syrup) को रु. ४१,७७२ र मो.सा. २,५०,००० गरि जम्मा अं.मुल्य रु:- २,९१,४७२।- बराबरको मो.सा. र औषधी छाडि व्यक्ति भागि गएको थियो।
उक्त मोटरससइकल र औषधी नियन्त्रणमा लिई आवस्यक कारबाही को लागि वीरगंज भंसार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं १३ गण पर्साका प्रवक्ता तथा सूचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस




