सञ्चारकर्मी तथा कलाकार तुलसा कटुवाल : निषेधाज्ञामा यसरी समय कटाउदै

तुलसा कटुवालको सामाजिक संजाल बन्दै छ निषेधाज्ञाको साथी निषेधाज्ञा भएको आज डेढ हप्ता नाघिसकेको छ । उपत्यका लगायत देशका अधिकांश जिल्लामा अहिले निषेधाज्ञा लगाईएको छ ।

कलाकारिता देखि लिएर हरेक व्यापार-व्यवसाय गर्ने सम्पुर्णलाई चार भित्ता भित्र कैद गर्ने दिन फेरि सुरुवात भएको छ । उज्यालो यात्रा डटकमले यो अवस्थामा घरभित्र कसरी , के गर्दै बसिरहनु भएको छ , समय कसरी विताउनुहुन्छ जस्ता प्रश्न केही विषेश व्यक्तिहरु शीत गर्दै आएका छौ ।

आजको दिनमा हामीसङ मोडल तथा हास्यटेलीशृङ्खलाबाट दर्शकमाझ लोकप्रिय बनु भएकी चेली हुनुहुन्छ – तुलसा कटुवाल विभिन्न पेसामा आबद्ध भएकी तुलसा अहिले निषेधाज्ञाको समयमा घरभित्र कसरी बसेकी छिन त भनेर प्रश्न गर्दा उनी चिन्तित रहेको बताउछिन ।

कलाकारिता गरेर नै आफ्नो र परिवारको जिविकोपार्जन हुने भएपछि अहिले काम ठप्प हुदा उनी चिन्तित बनेकी हुन l

उनी ट्विटरमा आफ्ना लेखाइले कडा प्रहार गर्ने महिलाका रुपमा पनि चिनिन्छिन । समाजमा हुने गरेका अन्यायका शृङ्खलालाई उनले ट्विटर मार्फत कडा प्रहार गरि सत्यतथ्य बुझ्ने कोसिस गर्छिन । उनको निषेधाज्ञा लगायत यो काम सुरु भएको हो । सामाजिक संजाल फेसबुक , इन्स्टा , युटुब लगायतका सामाग्री हरु हेर्ने बानी बसिसकेको उनी बताउछिन ।

उनी बिहान उठने बितिकै चिया पकाएर परिवारका सदस्यलाई दिने , बिहानको खाना बनाउने , भाडा माझ्ने , दिउसोको खाजा बनाउने , परिवारका सदस्यको लत्ताकपडा धोइदिने , फेरि बेलुकाको खाना बनाउने गर्दै उनले आफ्नो दिनचर्या पनि बिताईरहेकी छिन । फुर्सद भएको समयमा बेला बेलामा टिकटक पनि हेर्ने उनको बानी छ ।

उनी एक सञ्चारकर्मी भएको नाताले पनि उनले समाजमा के भईरहेको छ भनेर खबर राखन आवस्यक हुन्छ । उनी भिजन अनलाइन न्युजको सम्पादक पनि हुन । उनले समाचारहरु खोज्ने र लेख्ने गरेर पनि समय बिताउछिन l

पहिलेको निषेधाज्ञा र अहिलेको निषेधाज्ञामा के फरक पाउनु भयो भनेर हामिले सोध्दा उहाँ भनुहुन्छ ,” पहिलेको निषेधाज्ञा कस्तो होला , के होला यो भनेर जान्ने इच्छा हुन्थ्यो अहिलेको निषेधाज्ञामा त्य्स्तो अवस्था छैन , सबैकुरा थाहा भैसकेको छ । अझ भनौ भने पहिलेको निषेधाज्ञामा कडाई थियो अहिलेकोमा खासै उल्लेखनीय रुपमा कडाइ गरिएको छैन । उनी भन्छिन – कहिले निषेधाज्ञा खुल्ला र सुटमा जाउली ujyaloyatra

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close