चोरीको स्कुटर फेला पारी सम्बन्धि धनीलाई हस्तान्तरण ।

काठमाडौं , माघ १८ गते आइतबार ।

काठमाडौं जिल्ला का.म.न.पा वडा न. ७ चावहिल स्थित मेडिकेयर अस्पताल अगाडिको पार्किङ स्थलबाट माघ ५ गते का.जि.का.म.न.पा ३० बस्ने बर्ष ३६ का बिजय गोपाल श्रेष्ठको हरियो कालो कलर मिसिएको बा . ४७ प ३८०७ नम्बरको डियो १०२ cc को स्कुटर चोरी भएको हुदा खोजि गरी पाऊ भन्ने निबेदन प्रहरी बृत्त गौशालामा दिएको आधारमा महाराजगञ्ज बृत्त महाराजगंज र मातहत प्रहरी बिट सुकेधारामा कार्यरत प्रहरी कर्मचारीहरुले संयुक्त रुपमा आफ्नो एरियामा गस्ति गर्ने क्रममा का.जि.का.म.न.पा ४ सुकेधारा पेट्रोल पम्प बाबा ग्यासको डिलर अगाडी पल्टिरहेको अबस्थामा फेला पारी महाराजगञ्ज बृत्त कार्यालयमा ल्याई आज निज सवारी धनिलाई बुझाएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close