
बिरगंज , साउन १४ गते बुधबार ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो अन्दाजी १२:४५ बजेको समयमा जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१२ गण्डक चोक स्थितबाट जिल्ला बारा विश्रामपुर गा.पा.वडा नं.५ इटियाही बस्ने शेष जाहिरको छोरा अ.बर्ष १९ को शेख अजादको साथबाट लागु औषध नुर्फिन २००फेनारगन २०० डाइजेपाम २०० गरी कुल ६०० एम्पुल फेला परेकोले सो लागु औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




