राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ ठाकुरराम क्याम्पस बिरगंजको आयोजनामा “प्रतिनिधि सभा विघटन र संबैधानिक संकट” सम्बन्धि अंतरक्रिया ।

बिरगंज , माघ २९ गते बिहीबार ।

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ, ठाकुरराम बहुमुखी क्याम्पस बीरगंजको आयोजनामा “प्रतिनिधि सभा बिघटन र संबैधानिक संकट “सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रा. लो. प्रा. संघ ठा. रा. ब. एकाई बिरगंजका अध्यक्ष बिरेन्द्र पन्डितको अध्यक्षतामा र प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मण लाल कर्णको प्रमुख आतिथ्य भएको सो अन्तरक्रिया कार्यक्रममा प्रदेश न.२ का भौतिक पुर्वाधार बिकास मन्त्री माननिय मन्त्री जितेन्द्र सोनल, प्रदेश सान्सद प्रहलाद गिरी, श्रीमती करिमा बेगम , नेपाल बौद्धिक पेशाकर्मी महासंघ प्रदेश न.२ का अध्यक्ष बिजय यादव , जसपाका नेता शिव पटेल, राजेशमान सिंह , निजामुद्दीन समानी, सुरेन्द्र कुर्मी, देवेन्द्र मिश्र , रम्भा मिश्र, प्रेमबाबू पटेल , जिल्ला अध्यक्ष राम नरेश यादव, सचिव तबरेज अहमद , नगर अध्यक्ष ओमप्रकाश सरार्फ , मिनु ठाकुर , ठाकुर राम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद कुशवाह , प्राध्यापकहरू तथा बिधार्थी नेता नेताहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरि स्वागत मन्तव्य डा. उमेश चौरसियाले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन संजीव उपाध्ययले गर्नु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close