सामाजिक सन्जाल प्रयोग कर्ताहरुलाई कस्ने निर्देशिकाको विरुद्ध युथ काङ्ग्रेसद्वारा शान्तिपुर्ण प्रदर्शन।

काठमाडौं , फागुन ०८ गते शनिबार ।

सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल प्रयोग कर्तालाई कस्ने निर्देशिकाको विरुद्धमा शनिबार यूथ काङ्ग्रेसले शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

काठमाडौँको माइतीघर मण्डलामा विभिन्न कार्यक्रम गर्दै यूथ काङ्ग्रेसले प्रदर्शन गरेको हो ।यूथ काङ्ग्रेस नेपाल लोकतन्त्रवादी युवाहरूको समूह हो । यो समूह नेपालमा लोकतन्त्रलाई बलियो बनाउनको लागि सक्रिय रहेको छ भने लोकतन्त्र र नागरिक स्वतन्त्रताको बारेमा वकालत पनि गर्दै आएको छ ।

प्रदर्शनमा युवा वर्गहरूको मुख्य सहभागिता थियो । विभिन्न नारा लेखिएको प्यामप्लेट सहित सहभागी प्रदर्शनकारीहरूले शान्ति पूर्ण रूपमा प्रदर्शन गर्ने जनाएका भएता पनि प्रहरीको हस्तक्षेप रहेको थियो ।

लोकतन्त्रात्मक,समाजवाद उन्मुख,सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको नागरिकको स्वतन्त्रता र बोल्न पाउने अधिकार विरुद्ध अङ्कुश लगाउने निर्देशिका कुनै पनि हालतमा मान्य हुनेछैन । विभिन्न क्रान्ति,बलिदान र संधर्ष ले नेपाली जनताले प्राप्त गरेको स्वतन्त्रता र बोल्न पाउने हक विरुद्ध राज्यको यस्तो हर्कतको यूथ काङ्ग्रेसले घोर भर्त्सना गर्दछ ।यूथ काङ्ग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्लसिना ले बताए ।

सरकारले ल्याउन लागेको यस निर्देशिकाले नियोजित हिसाबले कुनै पनि व्यक्तिको विचार र अभिव्यक्ति माथि अङ्कुश लगाएर सरकारको विरुद्ध उठ्ने गरेको विरोधलाई रोक्नको लागि यस निर्देशिका जारी गर्न खोजेको देखिएको छ । प्रदर्शनमा सहभागी एक युवाले भने ।

सामाजिक सञ्जालमा लाइक कमेन्ट र सेयर गरेकै भरमा १ लाख सम्म जरिवाना र ५ वर्षसम्म कैद सजाय अथवा दुवै सजायको व्यवस्था निर्देशिकामा रहेको छ ।

सरकारले निर्देशिकामा प्रयोग गरेका कतिपय शब्दले सरकारले चाहे सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियोजित ढङ्गले कारबाही गर्ने सक्ने देखिन्छ भने जिस्काउने,हतोत्साह पार्ने,सार्वजनिक छविमा आँच आउने किसिमका ,नक्कली,भ्रामक जस्ता वृहत् अर्थ लाग्ने शब्दहरू पनि रहेको छ । जसलाई विभिन्न तरिकाले व्याख्या गरी नागरीको विचार र अभिव्यक्ति स्वतन्त्रता प्रति सजायको डर देखाएर अङ्कुश लगाउन सकिनेछ ।

सरकारले तयार पारेको निर्देशिका जारी भए सामाजिक सञ्जाल प्रयोग कर्ताहरूले लेखेको तथा लाईक,कमेन्ट गरेकै कारण विद्युतीय कारोबार ऐन अन्तर्गतको सजाय भोग्नु पर्नेछ ।
यस्ता किसिमको नागरीको हक र स्वतन्त्रतालाई कुण्ठित बनाउने निर्देशिका सरकारले फिर्ता नगरे सम्म विभिन्न प्रदर्शन गरिनै रहने यूथ काङ्ग्रेस नेपालले चेतावनी पनि दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close