युवाहरुको बिरोध पस्चात पर्सा जिल्लाको लाइफ लाइन तिलावे पुल को निर्माण कार्य सुरु।

बिरगंज, पर्सा

पर्सा जिल्लाको लाइफ लाइन रहेको तिलावे पुलको निर्माण कार्यको शुरुआत भएको छ।युवाहरु को कतिदिन को बिरोध पस्चात तिलावे पुल को निर्माण कार्य सुरुआत भएको छ ।

तिलावे पुल निर्माण का लागि पर्सा का प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाल लाइ समेत ज्ञापनपत्र बुझाइ तिलावे पुल को निर्माण कार्य लाइ अगाडि बढाउन आग्रह गरेका थिए।

साथै डिइ साहेब ठेकदार कम्पनी लाइ समेत अवगत गराउनुको साथै राजनीतिक दलहरूबाट प्रतिनिधित्व गर्ने संघिय सरकार र प्रदेस सरकार मन्त्री तथा सान्सदहरु लाइ तिलावे पुल निर्माण कार्य सुरुआत गर्न पहल गर्न को लागि SMS मार्फत ध्यानाकर्षण समेत गराएका थिए।

तिलावे पुल दबाब समुहको प्रयास ले तिलावे पुल निर्माण कार्य सुरुआत भएको नेपाली कांग्रेस का युवा नेता राकेश यादव ले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close