
बिरगंज , फागुन २० गते बिहीबार ।
बिरगंज महानगर पालिकाको कार्यालय बिरगंजमा आज ई- रिक्साको रुट र भाडा दर सम्बन्धि छलफल भएको थियो ।
बिरगंज महानगर पालिका अन्तर्गत रहेको यातायात तथा सवारी व्यवस्थापन कार्यबिधि २०७६ कार्यान्वयनका लागि कार्यदल गठन भएको थियो ।
गठित कार्यदलका संयोजक बिरगंज महानगर पालिकाका पुर्वाधार बिकास समितिका अरबिन्द कुमार गुप्ताको सन्योजकत्वमा निम्न सदस्य र पदाधिकारीहरुको उपस्थितिमा बैठक बसि ई- रिक्साको बाटो ईजाजत ( रुट ) र भाडा दर कायम गर्ने सम्बन्धमा छलफल भएको थियो ।
सदस्य सचिबमा बिजय कुमार गुप्ता सडक तथा यातायात व्यवस्था शाखा बिरगंज , सदस्यमा नागरिक समाज बिरगंजका अमर गौतम , ट्राफिक बिज्ञ राजन श्रीवास्तव , नेपाल ईलेक्ट्रिक रिक्सा सन्चालक कम्पनी प्राली बिरगंज पर्साका अध्यक्ष अमजद अन्सारी , यातायात व्यवस्था कार्यालय बिरगंजका सवारी शाखाका अधिकृत अजय लाल कर्ण , उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य धिरज शर्मा , बिरगंज महानगर कमिटी अध्यक्ष अजित कुमार भुजेल , आमन्त्रित कानुनि सल्लाहकार कमल मोहन पोखरेल , उपभोक्ता मञ्च बिरगंजका दिपक राजभन्डारी , ज्योति मुल , बि. म. न. पा. सडक तथा यातायात व्यवस्था शाखाका ना. सु . पवन कुमार प्रधान , खरिदार रमेश प्रसाद उपाध्याय , नगर प्रहरी ईन्चार्ज हरि भुषाल लगायतको कार्यदलले बिरगंज महानगर भित्र चल्ने ईरिक्साको भाडादर सर्वसहमतीबाट निर्णय गरेको र भोली देखि ई- रिक्साका रुट र भाडादर सबैले देख्ने गरि राखिने समेत जानाएको छ ।
आज बसेको बैठकले १० वटा स्थान जाने र आउने रुट कायम गरेको छ भने रुट अनुसारको बोर्ड र भाडादर समेत सर्वसाधारणले देख्ने गरि राखिने समेत बताईएको थियो ।
रुट न.१ मा घन्टाघर देखि सुरु भैइ माईस्थान , लोहारपट्टि चोक सम्म १० , बिर्ता चौकको , नारायणी अस्पताल सम्म १५ , ईदगाह चौक सम्मको २५ र रजत जयन्ती चोक हुँदै मितेरी पुलसम्मको ३० रुपैया कायम भएको छ ।त्यसैगरि रुट न.२ मा घन्टाघर देखि डेरि हक १०, मुर्ली चोकसम्म १० , त्रिमुर्ति चोक र पावरहाउस चोकसम्मको १५ , चिनिमिल आवास र पिपरा बहुअरि २० त्यसपछि गण्डक चौकसम्मको ३० रुपैया तोकिएको हो।
त्यस्तै रुट न.३ मा घन्टाघर- जिल्ला प्रशासन कार्यालय – रानिघाट – श्रीपुरटोल – वडा प्रहरी कार्यालय – राधेमाई – करवोला चोक सम्मको २० रुपैया तोकिएको छ ।भने रुट न.४ मा घन्टाघर देखि लिन्करोड – ब्यारेक चौक- नयाबसपार्क – मेडिकल – भेडियाही गाउँ सम्मको २५ रुपैया रहेको छ ।
रुट न.५ मा लक्ष्मनवा चौक देखि – प्रतिमा चौक, ब्रह्मचोक सम्म १० , न्युरो अस्पताल, नेपाली सेनाको ब्यारेक सम्म १५ र ३ नम्बर सडक हुँदै रेशमकोठी चोक , लोहारपट्ती चोकको २० , रास्ट्र बैक -नगरपालिका चोक सम्म २५ र रा. बैक चोक हुँदै पुरानो बसपार्क सम्मको ३० लिने बताएको छ ।




