
बिरगंज , चैत्र २९ गते आइतबार ।
जिल्ला प्रहरी कार्यालय मातहतका ईलाका प्रहरी कार्यालय कालिकामाईमा सूचना प्राप्त भई उक्त प्रहरी कार्यालयबाट शनिबार रात्री अन्दाजी ११ बजे टोली खटी जाँदा जिल्ला पर्सा कालिकामाई गा.पा.वडा नं.१ तिनडुबिया स्थित गँहुको खेतमा २ वटा बोरा भित्र लागु औषध चरेश १५ के.जी. बेवारिसे अवस्थामा फेला परेकोले उक्त लागु औषधलाई रीतपूर्वक बरामद गरी ई.प्र.का.पोखरियामा ल्याई थप अनुसन्धान तथा लागु औषध चरेश छाडी जाने व्यक्तिको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




