
युवाहरुको संगठन “युथ कांग्रेस नेपाल ” बारा जिल्ला कार्य समिति विस्तार भएको छ।बिहिवार युथ कांग्रेस प्रदेश नं २ का सदस्य राहुल गुप्ता को अध्यक्षता कलैया बैठक बसी ११ सदस्यीय कार्यसमिति विस्तार गरिएको छ। नेपालका युवा लोकतन्त्रवादीहरुको अभियान युथ कांग्रेस नेपाल ले पछिल्लो ३ वर्ष देखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभुती को लागि विभिन्न कार्यक्रम चलाउदै आइरहेको छ।
उक्त संगठन को कार्यसमिति बिस्तारमा अध्यक्ष मा प्रविण सिह राउत ,उपाध्यक्ष मा जितेन्द्र यादव ,, सचिवमा नरेन्द्र भगत माली , सह सचिवमा अशोक महतो,कोषाध्यक्षमा ब्रजेश पाण्डे, सदस्यहरुमा कुन्दन जयसवाल, सन्तोष गुप्ता ,कृष्ण दास तत्वा, सोनु यादव नितेश यादव,सैफुल्ला अन्सारी रहेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस