
बिरगंज , बैशाख १२ गते आइतबार ।
मिति २०७१।०५।०६ गते अं.१४:०० बजेको समयमा भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी रक्सौल नगरपरिषद वडा नं.२१ बस्ने बर्ष २१ को रितेश कुमारलाई अपहरण गरी फिरौती रकम माग गर्ने मध्येका जिल्ला पर्सा बस्डिलवा गा.वि.स.वडा नं.४ हाल परिवर्तित जि.पर्सा वी.म.न.पा.वडा नं.२९ बस्ने बर्ष ४० को वुधन राम चमारलाई मिति २०७३।०३।०६ गतेको सम्मानित पर्सा जिल्ला अदालतको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद र रु.५०,०००।– (पच्चास हजार ) जरिवाना तोकिएको मा निज वारदात पश्चात फरार रहेको र हाल निज आफ्नै गाँउघरमा आई लुकीछिपी बस्दै गरेको भन्ने सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साका मातहतको व.प्र.का.श्रीपुरबाट टोली खटिई जाँदा निजलाई जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२९ बस्डिलवा गाउँमा फेला पारी पक्राउ गरी आजै सम्मानित पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनु भयो।




