
सिरहा , मिर्चैया , माघ १२ गते बुधबार ।।
मिति २०७८।१०।०६ गते अं.१५:०० बजेको समयमा जिल्ला महोतरी गा. वि. स. पर्सा भटुलिया वार्ड नं ७ मा वस्ने रासबिहारी रायको छोरा अं.वर्ष २९ को दिलिप कुमार यादव र निजकै कान्छो छोरा अं. वर्ष २५/२६ को धर्मेन्द्र कुमार यादव र जिल्ला धनुषा गा.वि.स. उमाप्रेमपुर वार्ड नं ४ मा वस्ने हृदय साहको छोरा वर्ष ३१ को राजेश कुमार साह समेतले जिल्ला सिरहा मिर्चेया एरिया ईलाका अन्तर्गत कर्जन्हा नगरपालीका वाडा नं.०२ बन्दिपुर एरिया, कल्याणपुर एरिया ईलाकाहरुमा स्थानिय मानिसहरुलाई अष्ट्रेलिया, न्युजिल्याण्ड,क्यानाडा लगायतको बिदेश पठाई दिने झुठा अस्वासन देखाई स्थानिय मानिसहरुसंग ५३ लाख ८६ हजार बारवारको ठगी गरेको सुचना प्राप्त हुन साथ निज ठगहरु मध्ये दिलिप कुमार यादवलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय मिर्चैया ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको सिरहा प्रहरीले जनाएको छ ।




