
अजित भुजेल
बिरगंज , जेष्ठ ०३ गते सोमबार ।
दोस्रो चरणको कोभिड संक्रमण बढ्न थालिएपछि वीरगन्ज महानगर बासीहरु भयभित हुनथालेका छन् र जनजीवन ठप्प भएको देखिन्छ। विभिन्न संघ संस्थाहरुले जनता र विरामीहरुलाई राहत दिनका लागि अनेकौ प्रकारले सहयोग गरी रहेका छन्।
यसै बीच ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले अलग प्रकारको सहयोग कार्य थालेको छ । ग्रीनसिटीले पहिलो चरण अन्तर्गत ८० वटा निशुल्क ऑक्सीमीटर वितरण गरी सके पछि दोश्रो चरण अन्तर्गत रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष श्री मुरलीधर रुङ्ग्टाको सौजन्यले १५० थान ऑक्सीमीटर र १५० थान डिजिटल थर्मामीटर वितरणको
अभियान शुरू गर्नु भएको छ।
स्मरण रहोस् कि विरामीको घर दैलो सम्म अस्पताल र चिकित्सक पुर्याउने अभियानमा पनि रुंगटा वेलफेयर सोसाइटी र मारवाडी सेवा ट्रष्टको महत्वपूर्ण योगदान रहेको छ। ग्रीन सिटीको शुरुवात देखि रुंगटा वेलफेयर सोसाइटीले ग्रीन सिटी संग सहकार्य गरेर सामाजिक कार्यहरु गर्दै आउनु भएको छ। रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष श्री मुरली धर रुङ्ग्टाको छोरा सुरेश रुंगटा ग्रीन सिटीका वरिष्ठ र संस्थापक सदस्य समेत रहनु भएको छ।
दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा स्वास्थ्य परीक्षणका लागि महत्वपूण मानिएको अक्सिमिटर र ज्वरो मापनका लागि डिजिटल थर्मामीटर रुंगटाले सहयोग गरेका हुन् ।
शरिरमा अक्सिजनको मात्रा मापन गर्न अक्सिमिटर उपयोगी यन्त्र हो । जसको सहायताले घरमै चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगबिना आफै अक्सिजन मापन गर्न सकिन्छ ।
गम्भीर प्रकृतिका बिरामीहरुलाई सोधपुछ गरेर प्राथमिकताको आधारमा यो निशुल्क उपलब्ध गराउने केन्द्रका अध्यक्ष प्रकाश खेतानले प्रहार डेलीलाई जानकारी गराउनु भयो।




