बिरगंज छपकैया निवासी डा. मुराद हुसेन को काठमाडौंमा उपचारको क्रममा मृत्यु ।

बिरगंज , जेष्ठ ०९ गते आइतबार ।

पर्साको वीरगंज हेल्थ केयर हस्पिटलमा कार्यरत एक चिकित्सकको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर ३ चपकैयाँ निवासी २९ वर्षिय डा. मुराद हुसेनको मृत्यु भएको हो । एक महिना अगाडी बङलादेशमा एम.ए. अर्थोपेडिक गरेर नेपाल फर्किनु भएका वहाँ वीरगंज हेल्थ केयरमा सेवा दिर्दै आईरहनु भएका थिए ।

वैशाख २१ गते कोभिड परिक्षण हुदाँ वहाँ सहित ५ जना चिकित्सक संक्रमित हुनु भएको थियो । वीरगंज हेल्थ केयर मै उपचार भईरहदाँ स्वास्थ्य अवस्थामा सुधार हुन नसकेपछि १० दिनपछि जेष्ठ १ गते वहाँलाई हेलिकप्टर मार्फत वहाँलाई काठमाडौंको मेडिसिटि हस्पिटलमा भर्ना गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close