हिन्दु स्वंयसेवक संघ द्धारा मानवीय उद्धार कार्यमा थप सेवा विस्तार

पर्सा ११ जेष्ठ
हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले मानवीय उद्धार कार्यमा थप सेवा कार्यलाई विस्तार गरेको छ । कोरोना महामारीबाट प्रभावितहरुलाई राहत तथा उद्धारको कार्य विगत दुई सतादेखि संचालन गर्दै आएको छ ।

तर मंगलबार देखि आफनो मानवीय सेवा कार्यलाई थप विस्तार गर्दै कोरोना संक्रमित भएका विरामीहरुलाई निशुल्क रुपमा औषधी उपलब्ध गराउँन औषधी बैंकको सेवा संचालनमा ल्याएको छ ।

वीरगन्ज १६ बाईपास ( माँ बैष्णो मन्दिर ) नजिक रहेको हिन्दु स्वंयसेवक संघ कार्यालय (केशवधाम भवन) बाट निशुल्क रुपमा कोरोना संक्रमितहरुको लागि औषधी वितरण कार्य शुरु गरेको जनकपुर सम्भागका कार्यवाहले जानकारी गराउनु भयो ।

औषधी बैंकको उदघाट्न वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले गर्नुभयो । औषधी बैंकको उदघाट्न गर्दै मेयर सरावगीले संघले महामारी जस्तो गम्भिर परिस्थितीमा पनि आफनो स्वास्थ्यको ख्याल नगरी मानवीय सेवालाई थप निरन्तरता दिएको प्रति अभार प्रकट गरे ।
संघले संचालनमा ल्याएको औषधी बैंकमा कोरोना संक्रमित देखिएका विरामीहरुको लागि फुल प्याकेज औषधी निशुल्क उपलब्ध गराउँने छ । कोरोना संक्रमित भएको रिपोर्ट वा चिकित्सकको सल्लाह अनुसारको विरामीलाई २४ औं घण्टा औषधी उपलब्ध गराउँने संघले जनाएको छ ।

आवश्यक परे घरमै पुगेर विरामीलाई औषधी उपलब्ध गराउँने छौ, जनकपुर सम्भागका कार्यवाहले भने, कुनैपनि व्यक्तिलाई औषधी उपचार र भोजको अभाव हुन दिदैनौ, हामी जति सक्छौ निशुल्क औषधी र भोजनको व्यवस्था मिलाउँछौ ।

संघले यसअघि पनि वीरगन्जको विभिन्न क्षेत्रमा लकडाउँनबाट प्रभावित व्यक्तिलाई राहत तथा निशुल्क भोजनको व्यवस्था मिलाउँदै आएको छ । नेशनल मेडिकल कलेजको कोरोना अस्पताल नगवाका रहेको विरामीहरुको आफन्त कुरुवाहरुलाई दैनिक विहान र बेलुका निशुल्क भोजन तथा आवासको व्यवस्था मिलाएको छ ।

यदि तपाईको सम्पर्कमा वा कही कतै कोही कोरोना संक्रमित ब्यक्ति वा परिवार छन जसलाई (औषधि, भोजन, वा अन्य कुनै पनि प्रकारको) सेवाको आवश्यकता छ भने कृपया सम्पर्क नम्बर ९८५५०२०८०८, ९८०२९२०८०८ र ९८४८९०२९५६ मा फोन गरी वा गराइदिन हुन हार्दिक अनुरोध गर्दछौ ।
हाम्रा अहोरात्र खटीएका स्वयंसेवक क्रमश, सुरज अवस्थी, कृष्ण आर्चाय, कृष्णमोहन सहाय, सनी मुखिया, लक्ष्मण चौधरी, नौनित बराल, नरेश सर्राफ, कृष्ण चौरसिया, मोनु कलवार, रुपेश हाँस्दा, सुभाब जी लगायतले त्यसको ब्यवस्थापनमा सहयोग गर्ने छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close