हेल्पिङ्ग हेन्ड नामक सहयोगि हातहरुद्वारा घर दैलो अभियान सुरु ।

अजित भुजेल

बिरगंज , जेष्ठ १२ गते बुधबार ।

बिरगंज महानगरपालिका वडा न. ५ ले बुधबार देखि कोभिड संक्रमितको उपचार निशुल्क घर दैलो अभियान शुरु गर्ने भएको छ।हेल्पीङ हेन्ड नामक सहयोगी हाथहरुले यो अभियान गर्ने वडा अध्यक्ष प्रदिप चौरासीयाले बताएका छन्।

बीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले उदघाटन गर्नु भएको हो उहाँले अब यसबाट ३२ वडाले पाठ सिक्न जरुरी रहेको बताए ।कोरोना संक्रमितहरु निशुल्क अक्सिजन अौषधि वितरण गर्नुका साथै माक्स सेनिटाइजर समेत आफ्नै पहलमा डाक्टरहरु घर दैलोमा पुगेर उपचार दिनु भनेको अति उतम र सहयोगी भावना भएको नगर प्रमुख सरावगीको भनाइ रहेको छ।उनलेे भने यसरी अरु वडाहरुले समेत गरेको खण्डमा कोरोना नियन्त्रण गर्न सजिलो हुने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल , प्रहरी उपरीक्षक बेल बहादुर पान्डे ,बीरगन्ज महानगरपालिका स्वास्थ्य प्रमुख अरुण कुमार महतो, डाक्टर रोशन अली , डाक्टर निरज सिंह लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियोे भने कार्यक्रमको स्वागत मन्तव्य बीरगन्ज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष गोपाल केडियाले गर्नु भएको थियो कार्यक्रमको सहजिकरण राकेश मिश्रले गर्नु भएको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close