सामुदायिक सेवा केन्द्र छपकैया -२ र राईजिङ्ग बिरगंज नेपालको सन्युक्त आयोजनामा लागू औंषध सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

अजित भुजेल

सामुदायिक सेवा केन्द्र छपकैया -२ र राईजिङ्ग बिरगंज नेपालको सन्युक्त आयोजनामा लागू औंषध सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज वडा न.८ पानीटन्की स्थित डेसिमल कालेजमा मंगलवार भएको सो कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरि सेवा केन्द्र छपकैया -२ बिरगंज पर्साका कोषाध्यक्ष प्रेम कुमारी सिंह र प्रमुख अतिथिमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक कुमार साह रहनु भएको थियो ।

कार्यक्रममा डेसिमल कालेजका डाईरेक्टर डा. सुषमा तिवारी दुबेदि , कालेजका चेयरमेन शनि दुबे , सामुदायिक सेवा केन्द्र मुर्लिका अध्यक्ष राम सरार्फ , सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ता , सामुदायिक सेवा केन्द्र छपकैया -२ का सचिब प्रबिण बिक्रम शाह , सदस्य अजित कुमार भुजेल , राईजिङ्ग बिरगंज नेपालका आरजु खान , प्रहरी बिट छपकैया-२ का प्रहरी सहायक निरीक्षक रामेस्वर प्रसाद यादव , प्रहरी हवल्दार देवेन्द्र पटेल , सन्चारकर्मी सन्तोषमान रन्जितकार लगायत कलेजका ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रबिण बिक्रम शाहल्र र कार्यक्रमको सहजीकरण सामुदायिक सेवा केन्द्र छपकैया-२ का सदस्य अजित कुमार भुजेलले गर्नुउ भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close