
बिरगंज , जेष्ठ १३ गते बिहीबार ।
बिशेष सूचनाको आधारमा पर्सा प्रहरीले हुन्डी कारोबार गर्ने दुई जनालाई बिरगंजबाट पक्राउ गरेको छ । पर्सा प्रहरीले कारवाहीको सिलसिलामा आज दिउसो ११ बजेको समयमा जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.६ घर भई जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं ८ बिपिसि क्याम्पस छेउमा डेरा गरी बस्ने वर्ष २६ को शिव आनन्द गुप्ता र जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.११ श्रीपुर बस्ने बर्ष १९ को प्रकाश जैसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू. २४ लाख फेला परेको साथै निज शिव आनन्द गुप्ताको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइछिपाई राखिएको रू.२९ लाख ८० हजार थप रकम फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.५३,८०,०००।– (त्रिपन्न लाख असी हजार) बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।




