
अजित भुजेल
बिरगंज , जेष्ठ १८ गते मंगलवार ।
निम्बस ग्रुपले नेपाल पत्रकार महासंघ पर्सालाई मगंलबार राहत सहयोग गरेको छ । निम्बसले अाफ्नाे उत्पादन गरेको बयन्जन सोयाबिन, तेल, मास्क र दाल गरि ४५ प्याकेट महासंघलाई हस्तान्तरण गरेको निम्बस ग्रुपका एच आर प्रमुख ओम प्रकाश बैठाले बताए । महासंघ कार्यालयमा बैठाले शाखा अध्यक्ष अनुप तिवारीलाई सहयोग हस्तान्तरण गरेका थिए
।नेपाल पत्रकार महासंघको विपद कोषमा इच्छुक व्यक्ति, सरकारी तथा निजी संघ–संस्थाहरुले खुल्ला तथा गोप्य रुपमा आवश्यक रकम सहयोग गरिदिन हुन महासंघ पर्साले आग्रह गरेपछी विभिन्न सघ सस्था, स्थानीय निकाय , व्यापारी र सन्चारसस्थाबाट नेपाल पत्रकार महासघ पर्सा शाखालाई सहयोग आउन थालेको हो। आशा छ सो सहयोग पर्साका कृयाशिल , जेहेन्दार र अग्रपन्तीमा रहेर काम गर्ने , निम्न आय भएका अप्ठ्यारोमा परेका सन्चारकर्मीलाई राहत पाउने छ ।




