सिराहामा औषधि व्यवसायीमाथि गोली प्रहार, आफन्त पक्राउ

सिराहामा गोली प्रहारबाट एक जना औषधि व्यवसायी घाइते भएका छन्।

मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाउँदा मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसागर साफी घाइते भएका हुन्।

साफीमाथि दुइटा गोली लागेको छ। बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको प्रहरीले जनाएको छ।

उनको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

उनको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरायसी विषयमा गोली चलेको देखिन्छ।

घरायसी विषय देखिएकोले दुई जना आफन्त नियन्त्रणमा लिएर थप अनुसन्धान जारी छ,’ एसपी हीराबहादुर पाण्डेले भने, ‘घाइते साफीकै दाजुभाइ पर्नेलाई पक्रेर अनुसन्धान गरिएको छ। setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close