
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।आफूसँगै राखेका सात वटा मन्त्रालयमा ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद् विस्तार गर्न गरेका हुन् ।
कृषि तथा पशुपन्छी मन्त्रीमा ज्वाला कुमारी शाह,
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश कुमार पहारी, गृह मन्त्रीमा खगराज अधिकारी, वन तथा वातावरण मन्त्रीमा वनमा नारदमुनि राना, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज किशोर यादव, वन राज्यमन्त्रीमा आशा विक र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी मोहन बानियाँ मन्त्री बन्न लागेका हुन ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वचित प्रदेश सभा सदस्य ज्वाला कुमारी शाह ले नेकपा माओवादी पार्टी प्रत्याग गरि नेकपा एमाले मा प्रवेश गरेकी थिइन । नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले उनलाई सांसद पदबाट हटाइदिएका थिए। ऊनी हाल नेकपा एमाले को प्रदेश २ को अध्यक्ष पनि हुन । नवनियुक्त मन्त्रीहरु को शितलनिवास मा ४ बजे सपथ हुने छ । biswasfm




