अबैध रुपमा भित्रीएको भारतीय मोटरसाइकलहरू पक्राउ ।

बिरगंज , असार ०१ गते मंगलवार ।

पर्सा जिल्लामा मिति २०७८।०१।१६ गते देखि जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका ८ वटा भारतीय मोटरसाइकलहरू BRO 5AG 2717 , BR22Z 1147 , BROOAP 2025 , JHO2Q 3304 , ON TEST BULLET, नम्बर नखुलेको ३ वटा मोटरसाइकल लाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएकोमा उक्त मो.सा.हरूलाई रु.६,४५,०००।– (छ लाख पैतालिस हजार) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।०२।३१ गते वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close