
निर्देशक काजिस श्रेष्ठको व्यस्तता पछिल्लो समय निकै बढेको छ । आधुनिक, लोकदेखि तीजका गीतको निर्देशनमा काजिसलाई भ्याई नभ्याई छ । मोडलिङको रहरले म्यूजिक भिडियो दुनियाँमा प्रवेश गरेका काजिस पछिल्लो समय भने निर्देशनमा नै जमिरहेका छन् ।
तीज पर्व नजिकिदै गर्दा काजिसलाई भ्याई नभ्याई भएको छ । उनै, काजिस एक दिनमै २ वटा तीज गीतको भिडियो निर्देशन गरिरहेका छन् ।
बिहीबार २ वटा तीज गीतको छायांकन गर्दा काजिस निकै व्यस्त देखिए । एक दिनमै २ वटा गीतको भिडियो छायांकन गर्नुको कारणबारे काजिस भन्छन्–‘हामीले निर्माताको बारेमा पनि सोच्नुपर्छ । तीजको गीतको आयू लामो समयको हुँदैन । यसैले, निर्माताहरु सकेसम्म कम बजेटमा भिडियो तयार पारिदिनुहुन आग्रह गर्नुहुन्छ । यसैले, हामीले पनि सोही अनुसार काम गरिरहेका छौं ।’
काजिसले बजेटमा संझौता गर्नुपर्ने भएकाले पनि सकेसम्म काम चाडो सक्नुपरेको बताए । तर, आफूले मिहिनेत भने गरेको उनले बताए । तीजमा कती कमाई हुन्छ भन्ने प्रश्नमा काजिस भन्छन्–‘ठ्याक्कै यति त नभनौं । तर, फेरि लकडाउन भयो भने लकडाउन भरी बसेर खान पुग्छ ।’
त्यसैगरी गायक समिक्ष्या अधिकारी,अस्मिता जुरेली र दुर्गेश थापा ले गायेका छन भने म्युजिक दुर्गेश थापा ले दिएका छन। कलाकारहरु मा अस्मिता जुरेली,चन्दानी,दुर्गेश थापा रहेका छन। त्यस्तै केमरा म्यानको भुमिका अर्जुन तिवारी र उनका टिमहरु ले गरेका छन। निर्देशक काजिश श्रेष्ठ रहेका छन त्यस्तै मुआमा अनिता ग्वाछा रहेकी छिन ।फोटोग्रापर बिशोव केसी रहेका छन। यहि साउन १गते रिलिज हुदैछ अर्तिस्त अस्मिता जुरेलीले जानकारी दिनुभयो ।
फिचरहरु:-























