
रौतहट , असार २७ गते आइतबार ।
रौतहट प्रहरीद्वारा लागू औंषध अफिस सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी ब्रम्हपुरी वसतपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले असार २६ गते शनिबार बिहान ९ बजेतिर जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं.३ चण्डिया गाउँमा भित्री सडक खण्डमा चेकजाँच गर्ने क्रममा बा.६० प-५३५ नम्बरको २२० CC को पल्सर मो.सा.लाई रोकी मो.सा.चालक जिल्ला मकवानपुर मकवानपुर गढी २ वस्ने वर्ष ३२ को अनिल लामा र सोही मो.सा.मा पछाडी सवार बकैयाँ गाउँपालिका वडा नं.६ वस्ने वर्ष ३५ को सुकलाल वाईबा समेतलाई चेकजाँच गर्दा सुकलाल वाईबाको साथबाट १ किलो शंकास्पद कालो पदार्थ लागु औषध अफिमको चोप फेला परेकोले मोटरसाईकल समेत निज दुबै जनालाई नियन्त्रणमा लिएको र निजहरुको भनाई अनुसार अफिम रहेकोले ५ दिनको म्याद लिई न्यायिक हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




