
वीरगञ्जमा केपी शर्मा ओली पक्षमा शक्ति प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाविरुद्ध वीरगञ्जमा राष्ट्रिय यूवा संघ नेपाल पर्साले प्रदर्शन गरेको हो । आज फैसला आएलगत्तै एमाले नेता–कार्यकर्ताले त्यसको विरोधमा वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।
संवैधानिक इजलासले संसद् पुनःस्थापनासँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको परमादेशविरुद्ध वीरगञ्जमा प्रर्दशन भएको हो ।
संघका अध्यक्ष महमद निजामपर्साको वीरगञ्जमा केपी शर्मा ओली पक्षमा शक्ति प्रदर्शन।मा नेतृत्वमा निस्केको जुलुलसले नगरको विभिन्न भाग परिक्रमा गरी पुनः घण्टाघर चौकमा परिणत भएको थियो ।केन्द्रिय सदस्य रबि गुप्ता, युवा नेता संतोष पासवान,राम किशोर सिंह ,,अकलेश साह, हेमन्त तमाङ्ग लगायत सयौँ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




